सिमरा,पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा पछिल्लो दुई महिनामा बाघको आक्रमणमा परेर तीन जनाको ज्यान गएको छ ।मृतक सबै जीतपुरसिमरा उपमहानगर– २१ र २२ का बासिन्दा हुन् । बाघको आक्रमणबाट मृत्यु हुनेमा चन्द्रबहादुर बोलाङ्ग, कृष्णकुमार शर्मा र रमेश कार्कीको मृत्यु भएको जीतपुरसिमरा– २२ का वडा अध्यक्ष शेखरकाजी रुम्बाले बताउनुभयो ।

बोलाङ्ग र शर्माको जङ्गलमा घाँस–दाउरा गर्ने क्रममा र कार्कीको ३ नम्बर पुल नजिकै रातको समयमा आक्रमण भएको स्थानीयको भनाई छ । वडा अध्यक्ष रुम्बाले केही महिनादेखि बाघको त्रासले स्थानीयहरू साँझ–बिहान घर बाहिर निस्कनसमेत डराएको बताउनुभयो ।

स्थानीयका अनुसार घाँस–दाउरा गर्ने क्रममा र राति सडक क्षेत्रमा बाघको आक्रमण भएको हो । बाघको त्रासका कारण गाउँले साँझ–बिहान बाहिर निस्कन समेत डराउने गरेका छन् ।निकुञ्ज प्रशासनले सो क्षेत्रमा सवारी साधन नरोकिने गरी सूचना जारी गरेको छ भने क्यामेरा जडानको तयारी भइरहेको जनाएको छ । प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मानिस र बाघबीच जम्काभेट हुँदा दुर्घटना भएको भन्दै मानव व्यवहारमै परिवर्तन आवश्यक रहेको बताउनुभयो ।पर्सा राष्ट्रिय निकुञ्जमा हाल ४१ वटा बाघ रहेको छ र अर्को गणनामा संख्या ५० नाघ्ने अनुमान गरिएको छ ।

Leave a Reply