आरके राजन
सिम्रौनगढ,बारा प्रहरीले लागूऔषध बिक्री वितरणमा संलग्न रहेका एक पोलिक्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यम आर पोलिक्लिनिकका सञ्चालक राजेश साह कानु रहेको ईलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ ।गोप्य सूचनाको आधारमा प्रहरीले बारागढी गाउँपालिका वडा नम्बर २ मलाही चौकस्थित यम आर पोलिक्लिनिकमा छापा मारेको थियो । छानबिनका क्रममा उक्त क्लिनिकबाट विभिन्न प्रकारका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पोलिक्लिनिकबाट बरामद गरिएको छ ।बारा प्रहरीले हाल पक्राउ परेका कानुलाई नियन्त्रणमा राखेर यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तथा अनुसन्धान कार्यलाई तीव्रता दिएको छ ।

Leave a Reply