जनकपुरधाम,नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा बुधवारबाट सुरु भएको छ ।नकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु भएको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।अधिवेशनलाई शंवोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार असफल भएको दाबी गर्नुभएको छ । उहाँले प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गर्नुभएको हो ।उहाँले भन्नुभयो, सरकार कहिले ढल्छ त्यो अहिले चर्चा नगरौँ । तर यो रहने सरकार भने होइन ।कार्यक्रममा अध्यक्ष ओलीले एमालेकै कारण जनकपुरमा रेल सेवा सञ्चालनमा आएको बताउनुभयो । महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र परिसरमा सुरु भएको अधिवेशनमा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ लगायतका नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।अधिवेशनका उद्घाटनका लागि एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेता बिहान जनकपुरधामा आइपुग्नुभएको थियो ।अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा रहेको मधेश प्रदेश इन्चार्ज समेत रहेका एमालेका सचिव योगेश भट्टराईले बताउनुभयो । सहमतीय प्रक्रियाबाट नभए लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने उहाँको भनाइ छ ।अधिवेशन सम्पन्न गराउन १०५ जना स्वयंसेवक परिचालन गरिएको छ । नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्वजिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।
एमालेमै फर्किए पूर्वसांसद साह
धनुषा,
मधेश प्रदेशका पूर्वसांसद किशोरी साह ‘कमल’ जनमत पार्टी परित्याग गरी पुनः नेकपा एमालेमै फर्कनु भएको छ । एमाले मधेश प्रदेश अधिवेशनको उदघाटन सत्रमा पूर्वसांसद साह एमालेमै फर्कनु भएको हो ।साहलाई एमाले अध्यक्ष ओलीले टीका लगाई गम्छा ओढाएर पार्टीमा स्वागत गर्नुभयो । साह २०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १ (क) बाट नेकपा एमालेबाट विजयी हुनुभएको थियो ।गत २०७९ को निर्वाचनमा टिकट नपाएको भन्दै साह जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लडनु भएको थियो । चुनावमा पराजित साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गर्नुभएको हो ।एमाले छाडनु गल्ती भएको र एमाले मात्रै मधेसको सच्चा हितौषि रहेको कारण आफू एमालेमै फर्किएको साहले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here