कलैया,बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटवा जब्दीका पाँच सय जनालाई अमलाको विरुवा वितरण गरिएको छ ।नयाँ कदम नेपाल नामक संस्थाले एक कार्यक्रमका बीच पाँच सय जनालाई अमलाको विरुवा वितरण गरेको हो ।
विरुवा रोप्नका लागि नागरिकलाई प्रेरित गर्ने अभिप्रायले विरुवा वितरण गरिएको नयाँ कदम नेपालका अध्यक्ष रंजितकुमार पाण्डेले बताउनुभयो । उहाँकाअनुसार यस संस्थाले वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रसँगै अन्य सचेतनामुलक एवम् सन्देशमुलक क्षेत्रमा काम गर्दै आएको छ ।अमला स्वास्थ्यका लागि पनि महत्वपूर्ण मानिने र घरमा लगाउन र हुर्काउन सहज हुने भएकाले यसको विरुवा वितरण गरिएको उहाँको भनाई छ ।
















