आरके राजन
सिम्रौनगढ,बाराको पचरौता नगरपालिका ९ कुडवामा आइतवार कायस्थ समुदायको कुल देउता चित्रगुप्त महराजको पूजा सम्पन्न भएको छ ।यो पूजा कायस्थ जातीहरुको संस्था चित्रांस समिति सिम्रौनगढको आयोजनामा भएको छ । संस्थाका अध्यक्ष श्रीनारायण लाल कर्णको अध्यक्षतामा भएको सो पूजामा जिल्लाका विभिन्न पालिकाका कायस्थ समुदायका महिला, पुरुष र अन्य गरी लगभग एक सय जनाको सहभागिता रहेको थियो ।पूजामा सहभागी सबैले सुख, शान्ति र समृद्धिको कामना गर्दै समाजिक सदभावको लागि जोड दिएका थिए ।सो अवसरमा योगेन्द्रलाल कर्ण, अनन्तलाल कर्ण, विष्णुधारीलाल कर्ण, प्रमोदलाल कर्ण , जयप्रकाशलाल कर्ण, हरिनारायणलाल कर्ण, अमलेशलाल कर्ण, चन्दन कर्ण, कन्चन कर्ण, मन्जु कर्ण, गङापथलाल कर्ण लगायतका सो समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।योगेन्द्रलाल कर्ण र अनन्तलाल कर्णले सहजीकरण गर्नु भएको यो चित्रगुप्त महाराजको पूजामा अतिथिहरुको स्वागत जयप्रकाशलाल कर्णले गर्नुभएको थियो ।

















