वीरगञ्ज महानगरपालिकामा राजेशमान सिंह मेयरको रुपमा आएपछि धेरै कुरामा परिवर्तन हुने आशा नगरवासीले गरेका थिए ।शुरुमा केही काम गर्न खोजेको जस्तो पनि सिंहबाट भएको थियो तर सिंहका कार्यकालको लगभग उत्तराद्र्धतिरभन्दा पनि हुन्छ अब,यो अवस्थामा आउदा भने महानगरपालिका कुरुप जस्तै बन्ने संभावना बढेको छ । सिंहको पालामा राम्रो भन्ने कतै देखिएको छैन । वीरगञ्जको छेऊकुना कतैकतै राम्रो गरेको जस्तो देखिए पनि वीरगञ्जको समग्र विकासमा राजेशमानको योगदान खासै देखिने संभावना कम छ । यहाँ पहिलोको मेयरलाई जस दिन खोजिएको होइन तर केही काम पहिलाका मेयरको पालामा पनि भएकै हो ।

मुख्यतः वीरगञ्जमा पोखरी सौन्दर्यको नाउँमा रकम सकिनु, कार्यालयमा रकमकै अभाव हुनु राजेशमानको कार्यकालका लागि सुखद कुरा होइन । अहिले महानगरपालिकाले पत्रकारहरुकोसमेत पैसा दिएको छैन । संचारकर्मीहरु आफै भौंतारी रहेको देखिन्छ । संभवतः जनप्रतिनिधि आएपछि लोककल्याणकारी विज्ञापनका लागि अहिले संचारकर्मीहरु तड्पिएको देखिन्छ ।

जे भएपनि यो सुशासनको कुरा होइन । पैसा नभएको भन्ने हो भने खाना,खाजामा र इन्धनमा नै करोडौं सकिएको समाचारहरु पनि आइरहेका छन् । वीरगञ्ज महानगर इतिहासमा नै निकम्पा देखिएको छ ।यो महानगरपालिकाको कमजोरी हो कि लापारबाही हो यसको समीक्षा हुनु पर्ने हो तर यो विषयमा नत मेयर गम्भीर भएको देखिन्छ नत उहाँको सचिवालय नै । अरुले कमजोरी देखाउला र गाली गरौला भन्नेतर्फ लाग्नुभन्दा आफ्नो कमजोरी सच्चाउनतर्फ लाग्दा नै मेयर सिंहलाई उचित होला ।

Leave a Reply