कलैया,जिल्लाको विभिन्न स्थानमाअबैध रुपमा लगाइएको अफिम खेती बारा प्रहरीले फडानी गरेर नष्ट पारेको छ । जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ५ को टेडाकट्टीस्थित खेतबारीहरूमा लुकाई छिपाई लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरेको हो ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढी, बाराबाट प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठ र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श जयनगरबाट प्रहरी नायव निरीक्षक तुलसीराज पोखरेल समेतको कमाण्डमा खटिएको संयुक्त टोलीले विभिन्न ८ ठाउँमा गरी ३ कट्ठामा लगाएको तीस हजार बोट अफिमको बोट फडानी गरी नष्ट गरेको बताएको छ ।

Leave a Reply