नरेश गुप्ताबरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वा चोकमा मृत्यु भएको अवस्थामा एकजना भारतीय नागरिक (पुरुष) को शव फेला परेको छ ।

 

स्थानीय रामजानकी मन्दिरको बराण्डामा आइतवार बिहान भारतीय नागरिकको शव फेला परेको हो । मृतक पुरुष भारतको बिहार घर भई बिगत १ वर्षदेखि सो क्षेत्र आशपास मागेर हिड्ने गरेका थिए ।

 

नाम थर नखुलेका अन्दाजी ७० वर्षका ती भारतीय नागरिकको मृत्यु कारण पत्ता लागेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको जनाएको छ । भारतीय नागरिकको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Leave a Reply