जे भएपनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशमा एक खालको विषम परिस्थिति सृजना भएको छ ।
यो आन्दोलनपछि नेपालका सबै राजनीतिक दलको नेतृत्व परिवर्तनको लागि बहस र छलफल हुन थालेको छ भने केही नेताले जमाएको वश्र्चश्वलाई धावा बोल्ने कार्य पनि भएको छ । खास गरेर यतिबेला पुराना नेताहरुको विकल्प आवश्यक छ भन्ने कुरा मुखरित बनेर गएको छ ।

मुख्यतः ठूला भनिएका दलहरुमा ध्रुवीकरण देखिएको छ र यो आवश्यक पनि छ । माओवादी केन्द्र भन्ने पार्टी त विघटन भइ नै सकेको छ अब एमाले र काँग्रेस पार्टीमा पनि नेतृत्व परिवर्तनको कुरा जवरजस्त ढङ्गले उठेको छ । बहुदलीय लोकतन्त्रमा पार्टी हुनु नराम्रो कुरा भन्न खोजिएको होइन तर यी पार्टीको नृतृत्व सम्हालेर बसेकाहरुले मुख्यतः विगत बिस वर्षमा के गरे भन्ने प्रश्न हो ।
त्यसो त यिनीहरुले केही गरेका छैनन् वा थिएनन् भन्नु पनि उचित नहोला तर अब यी दलहरुमा रुपान्तरण भने आवश्यक देखिएको छ । एउटा व्यक्ति आजिवन पदमा रहने कुरा जयाज होइन । अहिले यो विषयमा काँग्रेस र एमालेमा पनि प्रश्न उठेको छ । काँग्रेसमा विशेष कि नियमित महाधिवेशन भन्ने विवाद पेचिलो बन्दै गइरहेको छ र युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने कुरा आएको छ र रुपान्तरणको कुरा उठेको पनि छ । रुपान्तरण भन्ने कुरा हुनुपर्दछ । एमाले पनि कुरा उठेको छ र यसको बहस भइरहेको छ ।अब देशमा धुु्रवीकरण आवश्यक नभएपनि समयले यस्तै देखाएको छ र राजनीतिक धु्रवीकरणको तीव्र संकेत देखिएको छ । देश बनाउने विषयमा दलहरुमा धु्रवीकरण हुनु स्वभाविक पनि हो र यो आवश्यक पनि छ नै तर यो धु्रवीकरण देश र जनताका लागि हुनुपर्दछ ।















