कलैया,कलैया उपमहानगरपालिकास्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगितामा नेपाल राष्ट्रिय मावि मटिअर्वाको टोली प्रथम भएको छ ।१७ वटा विद्यालय सहभागी रहेको सो प्रतियोगितामा मटियर्वा माविका छात्र महम्द दानीसबर्सी अंसारी र छात्रा पिन्टुकुमारी शर्माको टोली पहिलो भएको हो ।त्यसैगरी जनता मावि कलैया भवानीपुरका छात्रा रोहित यादव र छात्रा पायलकुमारी मालीको टोली दोस्रो र श्रीचन्द्र मावि कलैयाका बिशाल सहनी र पूर्णिमा यादवको टोली तृतीय भएको छ ।कलैयास्थित श्री ३ चन्द्र माविमा भएको सो प्रतियोगिताको यसअघि नगर प्रमुख विनोद साहले उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै नगर प्रमुख साहले शिक्षा क्षेत्रमा देखिएको ढिलासुस्तिलाई सुधार गर्नका लागि आफू पूर्णरुपमा प्रतिवद्ध रहेको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा विजयी विद्यालयहरुको क्षमता अभिवृद्धिसंगै विद्यार्थीहरुलाई थप प्रोत्साहनका लागि सहयोग गर्ने बचनवद्धता पनि व्यतm गर्नुभएको थियो ।विद्यार्थीहरुको चौतर्फी विकासको लागि जाहिरी जवाफ प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख साहले यस्ता कार्यलाई निरन्तरता दिनका लागि विद्यालयहरुलाई सुझाव दिनुभएको थियो ।प्रतियोगता आयोजक समितिका संयोजक सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न सो उद्धाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार गिरीले स्वागत मन्तव्य व्यतm गर्नुभएको थियो । विजेता छात्रछात्रालाई नगर प्रमुख साहले पुरस्कार स्वरुप समान्य ज्ञानको पुस्तक, अगे्रजी र नेपाली व्याकरण प्रदान गर्नुभएको छ ।

Leave a Reply