पुष्पराज खतिवडा
मन्हर्वा – डिभिजन वन कार्यालय बारा लकडाउनको प्रवाह नगरी काठ चोरी तस्करीका विरुद्ध सक्रिय भएको छ । लकडाउनको अवधिमा कार्यालयले आफ्ना ८ वडा सव वन डिभिजन कार्यालयहरु मार्फत दर्जनौं स्थानमा छापामारी गरी एकहजार क्युवफिट सालका गोलाई तथा चिरान काठ बरामद गरेको जनाएको छ । वनले शनिबार (आज) मात्रै जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १६ कोे टाँगिया बस्तीबाट छापामारी गरी १३३ क्युवफिट बढी सालको काठ बरामद छ । जस्मा ११ थान गोलाई र १०५ थानबढी चिरान काठ रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिए ।

 

 

 

त्यस्तै गत ४ गते जिल्लाको कोल्हवी नगरपालिका ५ ककडी नयाँटोलबाट ३२६ क्युवफिट बरामद गरेको थियो । सोको केही दिन पहिला जितपुरसिमरा उपमहानगरपालिका २२ चकरीबाट ४० क्युवफिट बरामद भएको कार्यालय प्रमुख अहमदले जानकारी दिए । यसरी दिनहँु जस्तो छापामारी र काठ बरामद भैरहेको उनले बताए । लकडाउको मौका छोपी राष्ट्रिय वनबाट सालका काठ चोरी तस्करी बढेपछी वन कार्यालय आक्रामक रुपमा परिचालिन भएको हो । काठ भण्डारण गरिएका स्थानहरुको पहिचान गरी बरामद गर्ने, चोरी तस्करीमा संलग्नलाई पक्राउन गर्ने लगायतको कामलाई निरन्तरता दिईएको वन प्रमुख अहमदले बताए ।

 

 

 

उनका अनुसार जिल्लाको निजगढ, कोल्हबी, जीतपुरसिमरा लगायतका स्थानिय तहका विभिन्न वडाबाट काठ बरामद गरिनुका साथै दर्जनौंलाई पक्राउ गरि कार्वाही समेत भैरहेको छ । वन कार्यालयले वनगस्ती, नेपाल प्रहरी, शसस्त्र प्रहरी र साझेदारी वन ब्यवस्थापन समितिका प्रतिनीधि समेतको संयूक्त सहभागिता छापामारी गर्दै आएको जनाएको छ । बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय, ईलाका वन कार्यालय तथा डिभिजन कार्यालयमा राखीएको डिभिजन वन कार्यालय बाराका प्रमुख अहमदले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here