वीरगञ्ज । अवैध रुपमा भन्सार छलेर ल्याइएको चामलसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले गौर नगरपालिका–१ भन्सार चौकमा प्रदेश २–०३–००१ ज ०२४८ नम्बरको पिकअप बलेरो गाडीलाई चेकजाँच गरेको थियो। जाँचको क्रममा गाडीबाट ५ लाख १२ हजार रुपैयाँ बराबरको चामल बरामद गरिएको प्रहरीले जनाएको छ।

गाडी चालक माधवनारायण नगरपालिका–२ बस्ने राजेश्वर साहलाई पनि पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए।चामलसहित गाडी र चालकलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए।

Leave a Reply