कृष्णउदास खनाल
हेटौंडा,१७ औं बिश्व निमोनिया दिवसको अवसरमा बुधबार हेटोंडा अस्पतालका सुत्केरी तथा नवजात शिशुलाई लक्षित गरी न्यायो कपडा बितरण गरिएको छ । जोन २७ अन्तरगतका लायन क्बलहरु, लायन्स क्लब अफ हेटौंडा बजार,लायन्स क्लब अफ हेटौंडा भुटनदेवी र लायन्स क्लब अफ मकवानपुरगढीको आयोजनामा हेटौंडा अस्पतालको प्रसुती वार्डमा रहेका सुत्केरी तथा नवजात शिशुहरुलाई न्यायो कपडा बितरण गरिएको हो । समाजसेवी तथा उधोगी अरुणराज सुमार्गी र अंकिता सुमार्गीको समन्वयमा भएको कार्यक्रममा लायन्स क्लब अफ हेटौंडा बजारका अध्यक्ष राजेश कार्की, लायन्स क्लब अफ हेटौंडा भुटनदेवी बर्ष ०२५,०२६ की अध्यक्ष रीता वाइवा लगायतको उपस्थिति रहेको लायन क्लब जोन चियर पर्सन रोशन खनालले जानकारी दिनुभयो ।न्ययो कपा पाउना आफुहरुलाई निकै खुसी लागेको हेटौंडा १५ की सुत्केरी महिला सुजिता लामाले प्रतिकृया दिनुभयो ।





















