कलैया,भूमि सुधार तथा मालपोत कार्यालय कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रवार साहलाई दोषी ठहर गरेको हो ।अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको अभियोग थियो ।उनले मागेको पैसा बुझिदिने गौरीशंकर कुमार साहलाई पनि मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ ।

Leave a Reply