कृष्णउदास खनाल
हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ की ७० बर्षीया सुभद्र्रा दर्नाल बुधबार दिउँसो आफ्नै सुरमा खाजा खाएको भाँडा माझ्दै हुनुहुन्थ्यो । अहिले उहाँको बस्ने खासै घर पनि छैन । सानो छाप्रो छ । घर हेटौंडाका मेयर हरिबहादुर महतले बनाइदिँदै हुनुुहुन्थ्यो लकडाउनका कारण रोकिएपछि त्यही छाप्रो उनका लागि दिन कटाउने मेलो अहिले बनेको छ । आफ्नै सुरमा रहेकी सुभर्दाको घरमा अकष्मात् एउटा टोली पुग्यो,केही खाद्य सामग्री लिएर । त्यो टोली अरु कोही नभइ हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा सहितको जनप्रतिनिधिको थियो ।
उपमेयर मीना कुमारी लामाको साथमा हेटौंडाका वडा नम्बर १का वडा सदस्यहरु इश्वरी रसाइली,बेगम बराल सहित लामाकै सचिवालयले सदस्य रुपा बिडारी सहित स्वास्थ्यकर्मी टि.एन.ढुंगेल हुनुहुन्थ्यो । नेपालमा भएका बिभिन्न राजनीतिक परिवर्तनका आन्दोलनमा सहभागी हुदा सुभर्दाले चारभाइ छोरा गुमाउनुभयो एकभाइ छोराको रोग लागेर निधन भयो ।लकडाउनका कारण चुल्हो निभ्ने अवस्थामा पुगेको आफ्नो घरमा अब आगो बल्ने सुभद्र्राले राहत हात थाप्दै भन्नुभयो ।
यस्तै माओवादीले संचालन गरेको जनयुद्धका क्रममा सहभागी भएका हेटौंडा ८ की खोपकुमारी पौडेललाई पनि उपमेयर लामाले राहत दिनुभयो । राहतका लागि जनप्रतिनिधि आफ्नो घरमा आएको भन्दै खोप कुमारीको आँखामा आँशु आए,उपमेयर लामा भावुक बन्नुभयो अनि एकछिन कोरोनाको कहरमा पनि अंकमाल गर्नुभयो । त्यो दृष्य साँच्चैको हृदस्यपर्शी थियो । पीडितहरुका चराइरहेको घाउमा मलम पट्टी लगाउन पाउदा आफूलाई गर्व लागेको उपमेयर लामाले बताउनुभयो ।
स्वास्थ्यचौकी अनुगमन
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ नकौलीमा निमार्णाधिन स्वास्थ्य चौकीको बुधबार अवलोकन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको अगुवाइको जनप्रतिनिधिहरुको टोलीले उक्त स्वास्थ्य चौकीको अनुगमन गरेको हो । त्यसरी नै कार्यक्रममा वडा नम्बर १ का सुत्केरी तथा गर्भवती महिलाहरुलाइ पोषणका लगि खाद्य सामग्री समेत बितरण गरिएको छ । सो क्रममा ११ जना सुुत्केरी तथा गर्भवतीलाई पोषण सामग्र प्रदान गरिएको हो । कार्यक्रममा उपमेयर लामा सहित वडा नम्बर १का वडा सदस्यहरु बेगम बराल,इश्वरी रसाइली,सोनामसिंह लामा लगायतको सहभागिता रहेको थियो ।