कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिकामा पर्सा क्षेत्र नम्बर चारबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएकाहरुको स्वागत गरिएको छ

पर्सा क्षेत्र नम्बर ४ का प्रत्तिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल र पर्सा ४ ‘क’ बाट प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित शंकरप्रसाद चौधरीको ठोरीमा सम्मान गरिएको हो ।

बिहीबार आफ्नै निवासबाट निस्किएको विजय जुलुसमा बोल्दै प्रतिनिधि सभा सदस्य रिजालले जनताले परिवर्तन चाहेको आफू परिवर्तनको वहाक भएकोले जनताले आफूलाई विजयी बनाएको बताउनुभयो । उहाँले यस क्षेत्रका जनताले लामो समयदेखि विकासको लागि परिवर्तन खोजिरहेकाले यसपाली आफूलाई जनताले मत दिएर जिताएको रिजालको भनाइ थियो । उहाँले चुनवाको क्रममा जनतालाई दिएको बाचा पुरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

त्यसैगरी प्रदेश सभामा निर्वाचित चौधरीले आफू सधै जनताको विकासको लागि लड्ने बताउँदै आम मतदाताहरुलाई बिजयी जुलुसको क्रममा धन्यवादसमेत दिनुभएको थियो । ‘यो जित मेरो जित होइन, जनताको जित हो,’ उहाँले भन्नुभयो ।

विजय ¥यालीमा सहभागी उनीहरुलाई मतदाताहरुले भव्य स्वागत गर्दै फूलको माला लगाइ र मिठाइ खुवाएर स्वागत गरेका थिए । नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका रिजाल र चौधरी मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको बुधवार सार्वजनिक भएको परिणामपछि विजयी हुनुभएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here