जनकपुरधाम,मधेश प्रदेशमा चालू आर्थिक वर्ष ०८१-८२ को तीन महिनाको अवधिमा ७८ जनाको डुबेर मृत्यु भएको छ। आठ जिल्ला रहेको मधेश प्रदेशमा चालू आर्थिक वर्षको तीन महिनामा ७८ जनाको डुबेर मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। डुबेर मृत्यु हुनेमा ५८ जना बालबालिका रहेका छन्। पुरुष १४ जना र महिला ६ जना रहेका प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुवासचन्द्र बोहराले जानकारी दिए। तीन महिनामा धनुषामा सबैभन्दा बढी १९ जना र बारामा सबैभन्दा कम दुईजनाको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक बोहराले बताए। यस्तै, महोत्तरी र सर्लाहीमा १२–१२ जना, रौतहटमा ११ जना, सप्तरीमा नौजना, सिराहामा सातजना र पर्सामा ६ जनाको डुबेर मृत्यु भएको उनले बताएका छन ।

Leave a Reply