नरेश गुप्ता,महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले साइकल वितरणले छोरीलाई उच्च शिक्षा हासिल गर्न सहयोग मिलेको बताउनुभएको छ ।
महागढीमाई नगरपालिका बबुआइनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादबले छात्राहरुलाई साइकल वितरण कार्य निरन्तर जारी राख्ने बताउनुभयो । महागढीमाई नगरपालिकाको सहयोगमा विद्यालयमा अध्यनरत ६६ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
त्यसैगरी महागढीमाई नगरपालिका वडा नम्बर ३ गन्जभवानीपुरस्थित भोला माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यनरत १ सय ९ जना छात्रालाई पनि साइकल बितरण गरिएको छ । नगर प्रमुख यादवले विद्यालयमा विद्यार्थीको संख्या उच्च रहेकोले सेक्सन छुटयाएर पठनपाठन गर्न नगरपालिकाले १० लाख अनुदान सहयोग गर्ने जानकारी पनि दिनुभएको छ । साइकल वितरण कार्यक्रममा नगर उपप्रमुख तारा देबी कानु, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश सिह, वडा अध्यक्ष रामजी चौरसिया, भोला माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन साह, नगरपालिकका शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसियालगायत अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।