रौतहट / नेकपा एकीकृत समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफु जुन क्षेत्रबाट चुनाव लडे विकासको खोलो बग्ने बताउनुभएको छ ।
एकिकृत सरकारी कर्मचारी संगठनले शुक्रवार बाट तीन दिने निशुल्क गरेको स्वास्ग्य शिविरबाट अध्यक्ष नेपालले आफु जुनसकै क्षेत्रबाट चुनाव लडे विकास निमार्णको कार्यमा खोलो बग्ने बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्री नेपालले फरक प्रसंगमा अहिले ठेक्का भएको गौर नगरपालिकामा निर्माण हुने विबाह मंडप , टाउन हल तथा राजदेवी नगरपालिकाको १ देखि ९ वडामा निर्माण हुने सडक तथा नाला निर्माणको टेण्डर भएकोले रौतहट क्षेत्र नम्बर १ मा विकासको लहरै आएको बताए ।
आउदो मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अध्यक्ष नेपाल क्षेत्र नम्बर १ बाट नै प्रतिनिधि सभामा चुनाव लडने निश्चित भएको छ । चुनाव लडने योजना भएकोले गौर र राजदेवी नपामा बर्षौ बाद नया योजनाको शुभारम्भ गरिएको छ ।
अध्यक्ष नेपालको चुनाव लडने भएपछि मात्र विकासको लहर आएको र नलङने भएमा त्यसो नहुने भनाइ रहेको छ । राजनितिक प्रसंगमा अध्यक्ष नेपालले अबको नेतृत्व युवाहरुको कांधमा दिनु पर्ने तर्क गर्दै यसको लागि युवाहरुलाई शिक्षित ,सवाल सक्षम हुनु पर्ने जिकिर गरे ।
मानिसलाई स्वास्थ्य रहनको लागि स्वास्थ्यको रेखदेख गर्नु पर्ने आवश्यक रहेकोले विशेषयज्ञ चिकित्सक हरुको टोली रौतहटमा ल्याइएको बताए ।
नेकपा एसको निकट मानिने एकीकृत सरकारी कर्मचारी संगठन नेपालको आयोजना सञ्चालन गरिएको निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भदौ २६ गते सम्म सञ्चालन हुने छन ।
शिविरिको उदघाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुंग, प्रतिनिधि सभा सदस्य सरला यादव, मधेश प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र यादव, गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह लगायतले आ आफ्नो शुभकामना मंतव्य राखेका थिए ।
गौर नगर पालिका, राजदेवी नगरपालिका, बृंदाबन नगरपालिका, बौधिमाई नगरपालिका र प्रादेशिक अस्पताल गौरको सहयोगमा संचालित शिविरमा दक्ष एवं अनुभवी चिकित्सकहरुको टोली आएको छ ।
बृहद निशुल्क स्वास्थ्य शिविरमा मुटु रोग, हाडजोर्नी, स्त्री रोग, छाला रोग, जनरल फिजिसियन, दन्त सेवा, पेट रोग , बाल रोग जनरल सर्जरीको व्यवस्था रहेको आयोजक सस्थाले जनाएको छ ।