काठमाण्डौं,प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई लक्षित गरी लेबनानबाट ड्रोन आक्रमण भएको इजरायलले दाबी गरेको छ ।इजरायलको प्रधानमन्त्री कार्यालयले शनिवार विज्ञप्ति निकालेर नेतन्याहु र उहाँकी पत्नी सारा ड्रोन आक्रमणको समयमा घरमा नभएको तथा घटनामा कुनै पनि क्षति नभएको उल्लेख गरेको छ ।शनिवार बिहान लेबनानबाट प्रहार भएका अन्य दुई ड्रोन इजरायलको हवाई सुरक्षा निकायले खसालेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

Leave a Reply