आर के चौधरी
सखुवा प्रसौनी,पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ गदियानी मदर्सा प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।रगतको अभाव भएसंगै रगत दान जीवन दान, रगत दान महादान, सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीले रगत दान कार्यक्रम आयोजना गरेको संस्थाकी कार्यकारी निर्देशक सुस्मिताकुमारी चौधरीले बताउनुभयो ।

पटेर्वा सुगौली गाउँपालिकाको सहयोग र वडा नम्बर १ कार्यालयको समन्वयमा भएको रगत कार्यक्रममा श्रीकान्त चौधरी, रमेश राउत बरैई, रामेश्वर चौधरी, विक्रम दास, अफताव आलम गदी, सन्जित साह कानु, रामकुमार चौधरी, अनिल राउत थारु, सन्तोषीकुमारी रामसहित दर्जनौले रक्तदान गरेको आयोजना संस्थाका संयोजक मुमा तिवारीले बताउनुभयो ।
वडा नम्बर १ का वडा अध्यक्ष फरमान मिया अन्सारीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा रक्त संन्चार केन्द्र पर्साका प्राविधिक जितेन्द्र कुसवाहा, श्याम साह, नवीन चौरसिया, अनिल साहले प्राविधिक सहयोग गरेका थिए ।
स्थानीय पत्रकार प्रमोद यादव, चिरञ्जीवी यादव, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरी, प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुजित राय भर, वडा सदस्य हैदर अलि अन्सारी, नारायण साह, लागायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
















