काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापती स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषदमा रहेको आरोप लगाउनुभएको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उहाँले बदलाको भावनाले सरकार अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोह संगठित अपराधी त अहिलेको मन्त्रिपरिषदमा छन् । उनीहरुबाट ध्यान मोड्न अहिलेको यो काम भइरहेको छ ।’बेचन झा पक्राउ गरेको २४ घण्टाभित्र सरकार ढाल्नुको कारण जनताले बुझेको उहाँको भनाई छ ।उपसभापती वाग्लेले रविलाई एक दिन भए पनि जेलमा राख्न सकिएन भने आफ्नो राजनीति सकिने भयो भन्नेहरुले बदलाको भाव देखाएको जिकिर गर्नुभयो ।

Leave a Reply