नेपालका स्थानीय तहहरुमा अहिले जनप्रतिनिधिहरु छन् । विगत लामो समयदेखि यो निकाय जनप्रतिनिधि विहिन रहेको अवस्था विगत दश वर्षदेखि गणतन्त्र स्थापनापछि स्थानीय तहमा जनप्रतिनिधिहरुको चुनाव भयो र अहिले जनप्रतिनिधिहरुले स्थानीय तहको नेतृत्व गरिरहेका छन् तर जनप्रतिनिधिहरु रहेको स्थानीय तहमा जनप्रतिनिधिहरुका बीचमा एकदमै धेरै विवाद देखिएको छ र यो उग्र बनेको पनि देखिन्छ ।
विशेष गरी प्रमु्ख र उपप्रमुख तथा कतिपय स्थानमा प्रमुख प्रशासकीय अधिकृतकामा समेत समस्या र विवाद देखिने गरेको छ । अनि यसको असर सेवा प्रवाहमा समेत देखिने गरेको छ । रौतहट जिल्लाको कटरियामा उपप्रमुखले तालाबन्दी गर्दा सेवा प्रवाहमा समस्या देखिएको छ । करिब एक सातादेखि त्यो स्थानीय तह बन्द छ अनि प्रमुखले अनियमितता गरेको आरोप छ । प्रमुख पनि जनताको प्रतिनिधि हो ।
जनताका प्रतिनिधिकाबीचमा नै किन यत्ति धेरै विवाद हुने गरेको छ भनेर धेरै कारण खोज्न पर्ने त छैन तर जनताको सेवन भनिएकाहरु कोही भ्रष्टचारमा संलग्न हुने अनि कोही तालाबन्दीमा लाग्ने भनेपछि कसरी स्थानीय तहको विकास होला र ? जनप्रतिनिधिहरु आफै लडिरहने हो भने आफ्नो ठाउँको बिकास नहु्ने त निश्चित छ । जनप्रतिनिधिहरु कम्तीमा जनताप्रति आफ्नो स्थानीय निकायप्रति जिम्मेवार र जवाफदेही बन्ने हो भने यो समस्या आउदैन आउदैन तर स्वार्थमा लागेपछि भने समस्या आएको हो ।

Leave a Reply