निजगढ,बाराको निजगढ नगरपालिकामा ६८औंराष्ट्रिय सहकारी दिवस २०८१विविध कार्यक्रमसहित मनाइएको छ । सहकारी दिवसको अवसरमा निजगढ नगरपालिका कार्यालयले बुधवार प्रभातफेरि, अन्तरक्रिया र पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको हो ।‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नाराका साथ मनाइएको सो कार्यक्रममा निजगढ नगरपालिकाको प्राङ्गणमा नगर उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरू, नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू भेला भई प्रभातफेरि गरेका थिए ।

निजगढ नगरपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरि निजगढस्थित पूर्वपश्चिम राजमार्गको बुद्धचोकबाट निजगढ ८ स्थित शुभकार्य बैंकुट सभाहलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।नगर उपप्रमुख थिङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निजगढ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा, पूर्व जनप्रतिनिधिहरू, विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधिहरू, सहकारी सञ्जाल निजगढका अध्यक्ष भोलाप्रसाद गौतम, जिल्ला सहकारी संघका सल्लाहकार अजय लामा, निजगढस्थित सहकारी संस्थाका प्रमुख तथा प्रबन्धकहरू, सञ्चारकर्मीहरू तथा नगरपालिका कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

राष्ट्रिय सहकारी दिवस २०८१ कै अवसरमा आयोजित ‘ग्रामिण अर्थतन्त्र विकासका लागि सहकारीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई सम्मान तथा पुरस्कार वितरण पनि गरिएको थियो। मंगलवार भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सरिष्मा चौलागाईंलाई १० हजार, द्वितीय स्थान हासिल गर्ने सम्पदा खरेललाई ७र तृतीय स्थान हासिल गर्ने साहाना पौडेललाई ५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा निजगढमा सूचना सम्प्रेषणमा महत्वपूर्ण योगदान पुर्याउने सञ्चारकर्मीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न आवश्यक रहेको औंल्याउँदै, हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए ।यसैबीच राष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढ ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी सस्थाले निजगढ ६ को गौरीशंकर माध्यमिक विद्यालय सडकटोललाई साउण्ड सिष्टम सहयोग गरेको छ ।
विद्यालयमा भएको एक कार्यक्रममा सहकारी संस्था संचालक समितिका अध्यक्ष अम्बिका चौलागाई, व्यवस्थापक रोशन तिमल्सिनालगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा र प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो साउण्ड सिस्टम हस्तान्तरण गर्नुभएको थियो ।

सहकारीले विद्यालयमा पिटीलगायतको क्रियाकलापमा उपयोग गर्न सो साउण्ड सिस्टम सहयोग गरेको सहकारी संस्थाका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।त्यसैगरी सिमरामा पनि बुभवार भव्य रुपमा सहकारी दिवस मनाइएको छ। सहकारी आन्दोलनलाई प्रवर्धन गर्दै समाजमा आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ¥यालीको आयोजना गरिएको हो।

¥यालीमा सहकारी संस्थाका पदाधिकारी, सदस्य र सहकारी अभियन्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागीहरूले सहकारी अभियानले देशको आर्थिक विकास र सामाजिक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गरेका थिए। कार्यक्रमका वक्ताहरूले सहकारीले समाजमा आर्थिक समृद्धि, रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा विपन्न वर्गको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए।सहकारी अभियानलाई अझ प्रभावकारी बनाउन सहकारी संस्थाहरूको व्यावसायिकता, पारदर्शिता र सुशासनमा जोड दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

Leave a Reply