सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठको प्यानल फराकिलो मतले विजयी भएको छ ।

वडा नं. २ को अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेदवार श्रेष्ठ आठ सय ९० को मतान्तरसहित विजयी हुनुभएको हो । श्रेष्ठले एक हजार ६ सय ४४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका तिलकबहादुर श्रेष्ठले सात सय ५४ मत पाउनुभएको छ ।

माओवादीका उम्मेदवार श्रेष्ठ निवर्तमान वडाध्यक्ष पनि हुुनुहुन्छ । उहाँ अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका उम्मेदवार श्रेष्ठ वडा सदस्यमा विजयी हुनुभएको थियो ।

नेपाली कांग्रेसका विजय बोम्जनले ६ सय १७ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार नेत्रबहादुर श्रेष्ठले एक सय ३७ मत पाएका छन् । राप्रपाका उम्मेदवार यादव अधिकारीले एक सय २६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका २१ मा नेकपा एमालेका उम्मेदवार सुवास श्रेष्ठको प्यानल विजयी भएको छ ।

एमालेका उम्मेदवार श्रेष्ठ चार सय तीन मत ल्याउदै विजयी हुुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर ठकुरीले दुई सय ९० मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ र ठकुरीबीच एक सय १३ मतान्तर रहेको छ ।

Leave a Reply