आरके राजन
सिम्रौनगढ,भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइएका आठ कार्टुन बेवारिसे माछा सशस्त्र प्रहरी बल नेपाल, बीओपी गोलागन्जले नियन्त्रणमा लिएको छ । आज दिउँसो करिब ११ः३० बजे सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बोहोराको कमाण्डमा खटिएको ९ जना प्रहरीको टोलीले बसवरिया सीमा नाकाबाट भारतबाट ल्याइएका करिब ४ क्विन्टल बच्चवा माछा नियन्त्रणमा लिएको हो ।

भरियाहरुमार्फत नेपाल भित्र्याइँदै गरिएको उक्त माछा गस्तीमा रहेका प्रहरीलाई देखेपछि छाडेर भागेको आशंका गरिएको छ । करिब एक लाख २० हजार रुपैयाँ मूल्य बराबरको उक्त माछा आजै सशस्त्र प्रहरी बल नेपाल, बीओपी गोलागन्जको हाताभित्र खाल्डो खनी पुरेर नष्ट गरिएको जनाइएको छ ।माछा नष्ट गर्ने क्रममा स्थानीय भद्रभलादमी, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply