पुष्पराज खतिवडा
बारा,साना किसान कृषि सहकारी संस्था लिमिटेड प्रसौनी २ बाराको ५आंै बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सभाको प्रसौनी गाउँपालिका अध्यक्ष विनोदप्रसाद जैसवालले उद्धाटन गर्नुभएको हो ।कार्यक्रमका प्रमुख अथिति जैसवालले सहकारी अभियानको बलियो लक्षित क्षेत्र साना किसानहरु नै भएको बताउदै उहाँले उनीहरुको आर्थिक जीवनमा परिवर्तन गर्न जरुरी भएको बताउनुभएको थियो ।
कार्यक्रममा पालिकाकी उपप्र्रमुख किरण देवी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, प्रसौनी गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विभिन्न संघ संस्थाका प्रतिनीधिहरु सहभागिता रहेको थियो ।सभाले गत वर्षको मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ । ६ सयजना महिला सदस्य रहेको संस्थाले ५ करोड ९८ लाख बढी रुपैंयाको कारोबार गर्दै आएको छ ।कारोबारको आधारमा १४ जनालाई उत्कृष्ठ बचत तथा ऋण कारोबार गर्ने सदस्य, समुहलाई पुरस्कृत गरेको संस्थाले एकजना महिला जेष्ठ नागरिक महिलालाई सभामा सम्मान गरेको संस्थाका अध्यक्ष रुना देवी कलवारले जानकारी दिनुभयो ।पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जैसवाल र उपाध्यक्ष किरण देवीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।सहकारीको अध्यक्ष कलवारको अध्यक्षता एवं संस्था प्रबन्धक विकास यादवको संचालनमा बार्षिक साधारणसभाको कार्यक्रम सम्पन्न भएको हो ।


















