कलैया,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ ईटहरमा विद्यालयसंगै टाँसेर निर्माण भइरहेको रामजानकी मन्दिरको निर्माण कार्य रोक्न गाउँपालिकाले निर्देशन दिएको छ । विद्यालय नजिकै मन्दिर निर्माण कार्य सुरू भएपछि स्थानीयले मन्दिर निर्माण कार्यलाई रोक्न गाउँपालिमा उजुरी पनि दिएका छन् ।

स्थानीयको विरोधपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले रामजानकी मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष जोगिन्द्र राउत कुर्मीलाई तत्काल निर्माण कार्य रोक्न निर्देशन दिनुभएको छ । गाउँपालिकाले निर्माण कार्य तत्काल रोकेर गाउँपालिकामा छलफलका लागि उपस्थित हुन् पनि पत्राचार गरेको छ ।

‘विद्यालय भवनसगै मन्दिर पनि निर्माण गरिनु गलत हो, करैयामाई गाउँपालिका न्यायिक समितिका सदस्य एंव वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र चौधरीले भन्नुभयो, यसले विद्यार्थीहरूको पठनपाठनमा अवरोध हुने र उनीहरुको जीवनसँग खेलवाड गरेको देखिन्छ ।’ न्यायिक समितिका सदस्य रहेका चौधरीले ऐन कानुनले विद्यालयबाट के कति दुरीमा मठ मन्दिर वा अर्को भौतिक संरचना निर्माण गर्न पाइने नपाइने भन्नेबारेमा र मन्दिर निर्माणपछि विद्यालयमा पर्नसक्ने असरको बारेमा पनि अध्ययन भइरहेको जानकारी दिनुभयो । साथै उहाँले आफूहरुले मन्दिर निर्माण कार्यको स्थलगत निरीक्षण गर्ने पनि जानकारी दिनुभयो । तर यो विवाद गाउँपालिकाका न्यायिक समितिले अझै सामाधान गर्न सकेको छैनन् ।

विद्यालयसैगै जोडेर मन्दिर निर्माण भइरहेको विषयमा नेपाली कांग्रेस करैयामाई गाउँपालिकाका उपसभापती रामजी पटेललगायत स्थानीयले पनि विरोध जनाएपछि निर्माण कार्य थप विवादमा परेको हो ।

कांग्रेस उपसभापती पटेलले सामाजिक संजाल फेसबुकमार्फत ईटहरमा मन्दिर निर्माण गरिनु खुसीको कुरा भएपनि विद्यालयसंगै टाँसेर बनाइनु उचित नभएको बताउनुभएको छ । ईटहरमा नै मनिदर बनाउनु पर्छ पटेलले भन्नुभयो, तर विद्यालय नजिकै मन्दिर निर्माण गर्नु अशोभनीय छ ।’ उहाँले भन्नुभएको छ । ईटहरमा पर्याप्त सार्वजनिक जमिन रहेको भन्दै उहाँले विद्यालयभन्दा बाहिर अन्यत्रको सार्वजनिक जमिनमा मन्दिर बनाइनु पर्ने पनि बताउनुभयो ।

गाउँका बालबालिका अध्ययन गर्ने विद्यालयमा मठ निर्माण गर्दा पूजापाठ र धार्मिक कार्य गर्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने उहाँको भनाइ । इटहरमा मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेकोमा उहाँले गाउँपालिका अध्यक्ष भुनेशवर धामीलाई विशेष धन्यवाद समेत दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here