निजगढ,साविक निजगढ गाविस वडा नम्बर ४ का वडा अध्यक्ष लटहु कुवरको निधनको १३ औं दिनको पूण्यतीथिमा शुक्रवार निजगढका २ वटा राजनीतिक दलले संयुक्तरुपमा श्रद्धाञ्ली सभा आयोजना गरेका छन ।
नेकपा एमाले र राप्रपाका नेता, कार्यकर्ताहरुले निजगढ ४ स्थित घरमा पुगेर कुवरको स्मृतिमा श्रद्धाञ्ली सभाको आयोजना गरेका हुन ।

राप्रपा निजगढ नगर कमिटीको आयोजनामा भएको सो श्रद्धाजली सभामा एमाले नगर कमिटीका अध्यक्ष एंवम निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र एमाले मधेस प्रदेश कमिटी सदस्य अम्बिका चौलागाईले बोल्नुभएको थियो भने राप्रपाको तर्फबाट केन्द्रीय कमिटी सदस्य विनोद भारती र नगर अध्यक्ष खडगप्रसाद उप्रेतीले कुवरको योगदानको चर्चा गर्नुुभएको थियोे ।२०४८ सालको स्थानीय निर्वाचनमा कुवर राप्रपाबाट निजगढ गाविस वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने उहाँको छोरा जयराम कुवर सोही वडामा नेकपा एमालेबाट ०७९ सालमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply