निजगढ,४ दिनअघि आएको हावा हुरीले केराको बोट ढलेपछि बाराको निजगढका किसानहरुको करोडौं मूल्य बराबरको क्षति भएको छ ।मंगलवार साँझ आएको हुरीले पाक्न लागेको केराको बोट ढालेर नष्ट गरेपछि किसानहरुलाई क्षति पुगेको हो ।निजगढका किसानले रोपेकोे केरामध्ये करिव ७० प्रतिशत केरा हुरीले ढालेर नष्ट पारेको निजगढ ९ का किसान माधव न्यौपानेले बताउनुभयो । आफूले खेती गरेको १५ बिघा मध्ये ५० देखि ९० प्रतिशतसम्मको केरा बालीमा क्षति भएको न्यौपानेले बताउनुभयो । उहाँले आफ्नो मात्रै ४० लाखभन्दा बढी मूल्यको केरामा नोक्सानी भएको बताउनुभएको छ । न्यौपानेका अनुसार निजगढका अन्य किसानको केराबालीमा पनि हुरीले उत्तिकै क्षति भएको छ ।सरकारले यो वर्ष केराबाली हुने नोक्सानीमा बिमाको व्यवस्था नगरेकाले किसानहरु थप मार्कामा परेको अर्का किसान मानबहादुर श्रेष्ठ बताउनुहुन्छ । सबै कागजपत्र तयार पारेर बुझाउदा पनि कम्पनीले यसपटक केरा खेतिको बिमा गर्न नमानेको उहाँको भनाइ छ । केराको बिमा गर्ने पोलिसी नभएकोले बताउदै कम्पनीले बिमा नगरेको हो ।अघिल्लो वर्ष हुरीले क्षति पुर्याएपछि किसानले बिमा कम्पनीसंग क्षेतिपुर्ति बापत ठुलो धनराशी दाबी गरेपछि कम्पनीले केराको बिमा गर्ने पोलिसी रोकेको किसानहरुको भनाइ ।निजगढमा ५ सयभन्दा बढी किसानले सयौं हेक्टर जमिनमा खेरा खेती गर्दै आएका छन । अन्य बालीभन्दा केरामा राम्रो आम्दानी हुने भएपछि किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन । तर हावाहुरीका कारण स्थानीय किसानले मार्का बेहोर्नुपर्ने आवस्था छ ।

Leave a Reply