निजगढ,बाराको निजगढ–७ मा रहेको लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले निजगढमा तोरी पेल्ने मिल संचालन गर्ने भएको छ।

शनिवार सम्पन्न संस्थाको १५औँ साधारणसभामा अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंले संस्थाको आफ्नै जग्गामाफिल्टर गरिएको शुद्ध तोरीका तेल उत्पादन गर्न लागेको बताउनुभयो । उक्त कार्यका लागि निजगढ–७ मा रहेको संस्थाको जग्गामा भवनको शिलान्याससमेत भइसकेको उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरी,उपप्रमुख सोममाया थिङ,बारा जिल्ला समन्वय समितिकी उपप्रमुख चण्डिका सापकोटा उप्रेती, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शनप्रसाद कोइराला,निजगढ महिला साकोसकी अध्यक्ष शोभा राउत,सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतम,संस्थाकी संचालक सदस्य उषा लामा मोक्तान लगायतले बोल्नुभएको थियो ।

साधारणसभाको अवसरमा संस्थाले शेयरधनी सदस्यहरुलाई पानी खाने तावाँको भाँडो पनि वितरण गरेको छ।यसअघि संस्थाले शेयरधनी सदस्यहरुलाई लोडसेडिङको समयमा उज्यालो अभियान कार्यक्रम अन्तर्गत सोलार सेट, गर्मीका लागि स्टेण्ड फ्यान, शीतलहरबाट बच्न ब्ल्यांकेट, चरेसको थाल र करुवा लगायतका सामग्रीगरेको थियो ।त्यसैगरी सहकारीले लोकप्रिय करेसाबारी कार्यक्रम अन्तर्गत हरेक वर्ष तरकारीका बीउबिजन तथा कृषक भ्रमण कार्यक्रमपनि संचालन गर्दैआएको छ । सो अवसरमा सहकारीलेसामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा वार्षिकरुपमा आँखा शिविर संचालन गर्नुका साथै गम्भीर रोग लागेका शेयरधनीहरुलाई १० हजार रुपैयाँ अनुदान सहयोग र ३ महिनासम्म निव्र्याजी १ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने जानकारी दिइएको थियो ।
त्यस्तै शेयर सदस्यको मृत्यु भएमा काजकिरिया खर्च बापत १० हजार अनुदानका साथै सुत्केरी शेयर सदस्य र नवजात शिशुलाई आवश्यक पर्ने उपहार पनि प्रदान गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख छ।त्यस्तै ज्येष्ठ सदस्यहरुले ८४ पूजामा दक्षिणासहित १० हजार रुपैयाँ उपलब्ध गराउने र संस्थाले वार्षिकरुपमा नविकरण गर्ने गरि १ लाख ५० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा पनि गराउँदै आएको प्रतिवेदनमा उल्लेख छ।कार्यक्रममा उत्कृष्ट बचत सम्मान,बाल बचत सम्मान,उत्कृष्ट कर्मचारी सम्मान, उत्कृष्ट पूर्वकर्मचारी सम्मान,असल ऋृणी सम्मान,अधिक मासिक बचतकर्ता सम्मान,पूर्व संचालक सम्मान तथा शिक्षक बचतकर्ता सम्मान अन्तर्गतका विधाहरुमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
मधेस प्रदेशसभा सदस्य मिना लामाको प्रमुख आतिथ्यतामाभएको साधारणसभामा अध्यक्ष चौलागाईंले वार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष अञ्जु नेपालीले आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिकी संयोजक पार्वती अधिकारीले लेखा प्रतिवेदन तथा व्यवस्थापक रोशन तिमल्सिनाले चालू आवको अनुमानित खर्च विवरण पेश गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष केदारप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण भने लिलानाथ बञ्जाराले गर्नुभएको थियो ।
सहकारी संस्थामा कुल ५२५ जना शेयर सदस्य छन् ।

Leave a Reply