पुष्पराज खतिवडा
बारा,कलैया उपमहानगरपालिका वडा नम्बर २४ स्थित सखुईका एक स्थानीयको घरमा बुधवार राती आगलागी भएको छ । स्थानीय जयनारायण राउत कुर्मीको गोठमा राती १० बजे आगलागी भएको हो ।आगलागीबाट गोठ र घरसहित एक लाख २० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । भुस बालेको आगो गोठमा सल्किदा आगलागी भएको र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको कुर्मीले जानकारी दिनुभयो ।आगलागीमा परी गोठमा बाधिएको भैसी, पाडा लगायत पशुचौपाया जलेर घाइते भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।



















