कलैया,आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुटनकै लागि बनेको दावी गर्नुभएको छ ।बाराको खुटुवा प्रर्सौनीमा पार्टीले बिहीवार आयोजना गरेको भेलामा बोल्दै नेता साहले मधेसवादी दलको भ्रष्ट चरित्रले आज मधेस बदनाम भएको बताउनुभयो ।भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुटन, ठग्नका लागि मधेस सरकार र मधेसवादी दलका नेताहरुको पेसा नै बनिसकेको ठोकुवा गर्नुभएको छ । ‘भ्रष्टाचार र लुटमा पिएचडी गरेका भ्रष्ट र चोर नेताहरुले मधेसी जनताको नाममा व्यापार गरेर मधेसलाई नै बदनाम गरिसकेका छन् ।’

उहाँले किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गर्ने मधेसवादी दलका नेताहरुले मधेसलाई समृद्ध बनाउँने काम गर्नै नसक्ने दाबी गर्नुभयो । ‘मधेसलाई समृद्ध बनाउँने, मधेसी युवालाई रोजगार दिने कुनै काम यिनीहरुले नगरी केवल लुटने हो र लुट मचाउँनकै लागि लागेका छन ।’ आजपा अध्यक्ष साहले भन्नुभयोे ।कुनै पनि सरकारको काम भनेको देश र जनताका लागि विकास, समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मच्याएको उहाँले सुनाउनुभयो । निस्वार्थ भावनाले काम गरेर मधेसलाई समृद्ध बनाउनतर्फ लाग्ने हो भने यहाँ हरेक किसिमको सम्भावना रहेको उहाँको भनाई छ । तर यहाँको शंभावनालाई सदुपयोग गर्नुको साटो लुटको व्यापारमा मधेसवादी दलका नेताहरु लागेको उहाँको आरोप छ ।

Leave a Reply