वर्तमान काम चलाऊ भएको सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट शनिबार सार्वजनिक गरेको छ । शनिबार १६ अर्ब हाराहारीको बजेट सरकारका काम चलाऊ अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नुभएको हो । बजेट संविधानमा व्यवस्था भए अनुसार जेठ १५ गते नै ल्याउनु पर्छ । यो आफैमा ठीक प्रावधान पनि हो । तर निर्वाचित सदन अपदस्थ गरेर अध्यादेशमार्फत बजेट ल्याउनु लोकतान्त्रिक शासन व्यवस्थामा एउटा ठुलो मजाकको बिषय हो ।

सरकारले सार्वजनिक गरेको बजेटले आम नागरिकहरुको जीवनस्तरसंग सरोकार राख्ने धेरै काम कुराहरु ल्याउने गर्दछन् । यो सरकारले मात्र नभइ कुनै पनि सरकारले नागरिकहरुका लागि कार्यक्रम त खास ल्याउने गर्दैनन् तैपनि यो सरकारले केही महत्वपूर्ण र महत्वकाक्षी योजनाहरु बजेटमा ल्याएको छ । बृद्ध भत्ताबढाउने लगायतका केही महत्वपूर्ण कार्यक्रम ल्याएको छ ।

तर, यसको कार्यान्वयनमा समस्या देखिनेछ । किनभने वर्तमान सरकार काम चलाउ भइसकेको छ । आगामी आर्थिक वर्ष शुरु हुनका लागि करिब दुई महिना छ । दुई महिनामा नेपालको राजनीति कता जान्छ यसै भन्न सकिने अवस्था छैन । यदि ओलीको बर्हिगमन भयो भने अर्को सरकार बनेको खण्डमा यो सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बाध्यता हुनेछैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here