बीरगंज १५ मंसिर ।
श्री सन्तोषी माता मन्दिर पुर्ननिर्माण एव व्यवस्थापन समिति पर्साले एक समारोहका विच मन्दिर निर्माण कार्यक्रम होटल पुजनमा आयोजना गरेको छ ।

सो कार्यक्रममा यस सन्तोषी माता मन्दिर समितिका अध्यक्ष शिव कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख अतिथि पूर्व नगर प्रमुख बिजय कुमार सरावगी रहनु भएको थियो भने विशिष्ट अतिथिहरु प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सशस्त्र प्रहरी प्रमुख तेज प्रसाद पोखरेल, प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी, डा. अशोक दास, पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का, डा. प्रमोद सर्राफ, वडा अध्यक्ष हीराकाजी श्रेष्ठ, रहनु भएको थियो ।

सो कार्यक्रममा प्रोजेक्टरको माध्यमले सम्पूर्ण सन्तोषी माता मन्दिरको हालको अवस्था स्थान पुर्ननिर्माण समितिका कागजाहरु, बर्षायामको बेला मन्दिरको अवस्था तथा इन्जिनियरका  लगायत मन्दिर बनी सके पश्चात मन्दिरको थ्रिडी लुक समेत देखाईएको थियो भने यस संस्थाका कोषाध्यक्ष पुनित अग्रवालले हाल सम्म दाताहरुले गरेका बांचा एवं सहयोग राशीको विस्तृत जानकारी गराउनु भएको थियो । सो कार्यक्रमको स्वागत भाषण विस्तृत मिन्दिर बारे जानकारी यस संस्थाका अध्यक्ष शिव कुमार गोयलले गराउनु भएको थियो ।

“हाम्रो मन्दिर हामीले बनाऊ” भन्ने अभियान बोकी हातेमालो गर्न पनि सबैलाई आग्रह गर्नु भएको थियो । यस कार्यक्रममा शुभकामना मन्तव्य सल्लाहकार दीनानाथ रौनियार, डा.प्रमोद सर्राफ, पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का, डा. अजय यादव,डा. प्रमिला यादव, वडा अध्यक्ष हीराकाजी श्रेष्ठले राख्नु भएको थियो भने आजका केन्द्रिविन्दु प्रमुख अतिथि विजय कुमार सरावगीले मन्दिर मठलाई संरक्षण गर्न अग्रसर यस समितिका अध्यक्ष शिव योगल लगायत सम्पूर्ण टिमलाइृ बधाई दिनु भएको थियो ।

उहांले सम्पूर्ण उपस्थित महानुभावहरुमा मन्दिरको लागि सहयोग गर्ने अपिलका साथ आफूले पनि आज भोली मै राम्रै सहयोग मन्दिरको लागि गर्ने बांचा समेत गर्नु भयो । सो कार्यक्रमको समापन एवं धन्यवाद मन्तव्य यस समितिका उपाध्यक्ष सतिश कुमार चाचानले गर्नु भएको थियो । हाम्रो यो सम्पूर्ण कार्यक्रम संचालन बीरगंज रेडियोका उज्जवल शर्माले गर्नु भएको थियो । सो कार्यक्रममा समाजका विभिन्न गन्यमान्य व्यक्तित्वहरु, प्रकाश खण्डेलवाल, राजु दारुका, दिपक तुलस्यान, विनय अग्रवाल, रामजी सिकारिया, सज्जन भंगर, राधेश्याम डंगोल, दिपेन्द्र गोयल, रविन्द्र गोयल, मन्दिरकी दीप्ना शर्मा प्रदिप डालमिया, अशोक सिंह, संजय कर्ण, नीतु गोयल, अध्यक्ष शिव कुमार गोयलकी ममतामयी आमा शिमला देवी गोयल, पत्रकार अखिलेश साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply