निजगढ,स्मार्ट सिटी कार्यक्रम अन्तर्गत निजगढ नगरपालिकामा मापदण्ड विपरीत सडक सोलार बत्ति जडान गरिएको भन्दै निजगढ वडा नम्बर ७ का स्थानीयले विरोध जनाएका छन ।निर्माण कम्पनीले मापदण्ड विपरित वडा नम्बर ७ का विभिन्न टोलमा १ सय ५० देखि २ सय मिटर टाढा पोल गाढेर बत्ति जडान गर्न शुरु गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन ।
एउटा पोलबाट अर्को पोलको दुरी ५०÷६० मिटर मात्रै हुनुपर्नेमा मापदण्ड विपरीत बत्ती जडान गर्न लागिएको निजगढ नगरपािलका वडा नम्बर ७ का वडा सदस्य दिलबहादुर थापामगरले जानकारी दिनुभयो । मापदण्ड अनुसार पोल जडान गर्न माग गर्दै उहाँले निर्माण कम्पनीले अटेर गरे आफूहरुले पोल गाडन नदिने पनि बताउनुभएको छ ।निर्माण कम्पनीले निजगढका विभिन्न स्थानमा निर्माण गरेको करिव ७ किमी कालोपत्रे सडकको किनरामा सोलार बत्ती जडान कार्य शुरु गरेको हो । संझौता अनुसार नाला र फुटपाथसहित सडक किनारामा सोलार बत्तिसमेत जडान गर्नुपर्ने प्रावधान रहेको बताइएको छ ।काठमाण्डौंको बज्रगुरु निर्माण कन्ट्रक्शन कम्पनीले निजगढ ९ को तेर्सो लाइन, वडा नम्बर ७ को नगरपालिका रोड हुदै वडा नम्बर ६ को गणेश मन्दिरसम्मको करिव ७ किमी सडक क्षेत्रमा स्मार्ट सिटीको अवधारणा अनुसारको कालोपत्रे सडकमा अहिले सोलार बत्ति जडान गर्न लागेको हो । निजगढ ६ को धियारटोल क्षेत्रमा भने नाला र फुटपाथ निर्माण हुन अझै बाँकी रहेको छ ।


















