हेटौंडा – लकडाउनका कारण काठमाण्डौमा अलपत्र अवस्थामा रहेका मकवापनुर क्षेत्र नम्बर १ का मजदुरलाई आज उद्धार गरिएको छ । मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको पहलमा काठमाण्डौका विभीन्न स्थानमा अलपत्र परेका मजदुर र कामदार परिवारलाई उद्धार गरेर हेटौंडा ल्याउन लाग्नु भएको हो ।

 

 

नारायणी यातायात कम्पनि प्रालिको सहयोगमा ६ वटा बस र एउटा हायसैमा यहाँका अलपत्र यात्रुलाई उद्धार गरिएको सभापति दाहालले वताउनुभयो । कोरोना भाइरसको त्रासका कारण सरकारले चार साता देखि लकडाउन गरेका कारण मजदुरले रोजगारी पनि काठमाण्डौ उपत्यकामा पाएका छैनन् । घर फर्कन पनि लकडाउनको समस्या भएपछी सांसद दाहालले वसको व्यावस्था गरेर क्षेत्रनम्बर १ का आम नागरिकलाई उद्धार गरेर ल्याउनुभएको हो ।

 

 

 

 

काठमाण्डौको बालाजु, चावेल, चक्रपथ लगायतका स्थानबाट मजदुरलाई उद्धार गरिएको उहाँले वताउनुभयो । अहिलेसम्म विभीन्न कारणबाट काठमाण्डौमै रहेका नागरिकका लागि आज उद्धार गरिएको र भोलीका दिनमा पनि बाँकी रहेका नागरिकका लागि उद्धार गरिने उहाँले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here