नेपालीहरुको महान पर्वहरु दिनप्रतिदिन नजिकिदै छन् । नेपालीहरुको ठूलो पर्व दशैं भने घर आँगनमा भित्रिसकेको छ ।
दशैं नेपालीहरुको ठूलो मात्र होइन, एक सांस्कृतिक महत्व बोकेको पर्व पनि हो । त्यसैले पनि दशैंको नेपाली समाजमा विशेष महत्व छ । परापूर्वकालदेखि नै मनाउने आएको दशैं मनाउने तरिका फेरिए पनि यसको महत्व भने घटेको छैन ।
एक थरीलाई दशैं आए पनि कसरी यो पर्व टार्ने भन्ने चिन्ता हुन्छ भने अर्का थरी चैं यही मौकामा कसरी कमाउने भन्ने सोचमा पनि रहेको पाइन्छ ।
फेरि दशैंको मुखैमा ठूलो पानी आयो र यसले जनधनको पनि व्यापक क्षति गरेको छ । यस्तो अवस्थामा झनै केही स्वार्थी मानिसकहरु कसरी कमाउन सकिन्छ भनेर सोचेको देखिन्छ मात्र होइन चर्को मुल्य बढाइ रहेको पाइएको छ ।
सरकार गम्भीर भएको छैन । सरकारहरु त यो बेलामा झनै चनाखो हुनुपर्ने हो । बजार अनुगमनलाई प्रभावकारी बनाउन पर्ने हो तर बजार सुनसान छ अनि उपभोक्ता ठग्न पल्केकाहरुका लागि भने वास्तविक दशैं आएको छ । त्यसैले तत्काल बजार अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक छ न कि यो बेलामा चुप लागेर रमिते बन्ने होइन ।

















