करिब प्रन्ध दिन नेपालका राजनीतिक दलहरुले भन्ने गरेको जनताको सर्बोच्च निकाय संसद अवरुद्ध रहेको थियो । शुक्रवार संचालनमा त आयो तर केही विपक्षी दलहरुको विरोध कायमै रहेको थियो जसका कारण जनताको सर्बोच्च निकाय भनिएको संसद अझै अवरुद्ध गर्ने प्रयास भइरहेको छ ।जे भएपनि संसद जनताको सर्बोच्च निकाय चैं हो । जनताले मत दिएर पठाएका ब्यक्तिहरु सदनमा नै छन् यो पनि सत्य हो तर जनताको कुरा कती चैं संसदमा उठान हुन्छ त्यो चैं महत्वपूर्ण कुरा हो ।
सदनमा एकले अर्कालाई खुल्याउनेभन्दा अरु कुरा भएको देखिदैन र सुनिदैन पनि । राजनीतिमा जालझे भन्दा अरु केही हुदैन र त्यो गर्ने थलो भनेको सदन हो भन्ने कुरा नेपालका हालका सबै राजनीतिक दलहरुले प्रमाणित गरेका छन् । नयाँ दल आएपनि त्यो बाटोभन्दा फरक तरिकाले हिडेको देखिदैन । प्रणाली नै यस्तै भएपछि उनीहरुको पनि खासै दोष त भएन नै ।
अब शुक्रवार एकाएक प्रमुख बिपक्षी माओवादी सदन खुलाउनका लागि सहमत भएको कुरा आयो । आफ्नो नेता पनि जेल जाने कुरा आएपछि माओवादीले संझौता गरेको छ । कार्यकर्ता तवरबाट नै यसको बिरोध भएका छ तैपनि नेतृत्वले अनेक फण्डा गरिरहेको छ ।यो राजनीतिक जालझेल हो र यही जालझेलमा देशको भविष्य पनि सकिदैछ र मुलुक बर्बादीतर्फ नै अगाडि बढ्दै छ ।













