बारामा गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा जसपाका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उता, सप्तरीबाट उठेका सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भने जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित हुनुप¥यो । सांसदमा लगातार जसो पुगेका उपेन्द्र यादवका लागि यो हार निकै खल्लो भयो । उनी सांसदमा जान फेरि चाहन्थे तर ब्रेक लागेपछि उनले अर्को रणनीति तय गरे र बाराका सांसद रामसहायलाई उपराष्ट्रपति बनाए र बारा २ को क्षेत्र खालि गराएर भएको निर्वाचनमा उनी बिजयी पनि भए ।अब अहिले उपेन्द्र यादवको जितपछि सामाजिक संजारमा बाराका नागरिकहरुलाई तथा नाम गाली गरेको देखिन्छ । कथित भेडाको संज्ञा मतदाताहरुलाई दिएको देखिन्छ । बिशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी निकट वा उनका फ्यान भनिएकाहरुबाट यस्तो शब्द सुनिन्छ ।लोकतन्त्रमा कुनै एउटा उम्मेदवारलाई भोट दिएर विजयी तुल्याउदैमा मतदातालाई भेडा नै भनेर संज्ञा दिनु स्वंम लोकतन्त्रकै उपहास हो । फेरि निर्वाचनमा उपेन्द्र यादवको ल्याएको भन्दा झण्डै २० हजार मत जनताले बाहिर अन्य उम्मेदवारलाई हालेको देखिन्छ । एउटा दृष्टिकोणबाट हेर्ने हो भने क्षेत्रका बहुसंख्यक जनता उपेन्द्र यादवको विपक्षमा नै थिए । यसरी मतदान गर्ने बारा २ का नागरिक कसरी भेडा भए ?बरु सप्तरीका जनताले दिएको आदेशको बर्खिलाफ बारा २ मा उम्मेदवार बन्न आउने यादवको कार्य चाहि शोभनीय थिएन । उनले जनताको अभिमतलाई स्वीकार गर्न सकेनन र सत्तालिप्सामा परेर उनी बारा आएका हुन । यसमा उपेन्द्र यादवको भन्दा पनि हाम्रो संविधान र कानुन बढी दोषि छ । कुनै एक क्षेत्रका जनताले पराजित गरेका उम्मेदवारलाई ५ वर्षसम्म अर्को क्षेत्रमा गएर चुनाव लग्न नपाउने व्यवस्था भएको भए शायद उपेन्द्र यादव बारा आउने थिएनन । तर जे होस लोकतन्त्रमा जनता सर्वेसर्वा मानिन्छन र जनताको फैसलाको सबैले सम्मान गर्नेपर्छ ।त्यसैले मतदातालाई गाली गर्नुभन्दा पनि बाराका नागरिकहरुले दिएको मतको सम्मान गर्न आवश्यक छ । केहीका लागि उपेन्द्र यादवले नजिते हुन्थ्यो भन्ने लागे पनि उनको बिपक्षमा आएको मत आफैमा निकै महत्वपूर्ण छ । के त्यो मत होइन अनि बोल्न पाइयो भन्दैमा जे पनि भन्ने अनि लेख्ने अनि अपमान गर्ने ?

Leave a Reply