नेपालले भर्खर संघीय लोकतान्त्रिक गणतन्त्रको देशको रुपमा अभ्यास गरिरहेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको लामै समय भएपनि संघीयताको असली अभ्यास गरेको चैं एक दशक पनि भएको छैन । एक दशकमा नै सबै कुरा ठीक ठाक त नहोला तर त्यसको प्रारुप भने देखिनु पर्दछ । अहिले देशले संघीयताको नयाँ अभ्यास गरिरहेकाले पनि संघीयता ठीक ढंगले भने चल्न आवश्यक छ ।तर, खासगरी नेपालको कोसी प्रदेशको सवालमा भने संघीयताका विषयमा अनौठो खालको संकेत देखिएको छ । जुन एकदमै लोकतन्त्रका लागि राम्रो संकेत होइन । संघीयतालाई बलियो बनाउनका लागि पनि कोशी प्रदेशमा भएको खेलले कुनै एक राजनीतिक दललाई त फाइदा होला तर समग्रमा भने प्रणाली नै कमजोर हुनेछ । यसको सम्पूर्ण अपजस अहिलेका दलहरुले नै लिनु पर्दछ ।त्यसैले कोशी प्रदेशमा सत्ताका लागि देखिएको संघर्षको अन्त्य हुन आवश्यक छ । जबसम्म राजनीतिक दलहरुमा सत्ताको चाहना रहिरहन्छ अनि कोशी प्रदेशको समस्या समाधान हुनेछैन र यो रोग अन्य प्रदेशमा पनि नसर्ला भन्न सकिन्न । विशेष गरी परिवर्तनका लागि लडेको भनिएका दलहरु यो विषयमा गम्भीर र जिम्मेवार बन्न आवश्यक छ न कि रमिते बनेर एक अर्कालाई सिध्याउन खेलमा लागिरहन ।

 

Leave a Reply