नरेश गुप्ता

बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एंव मधेस प्रदेश ईन्चार्ज धर्मनाथ साहले पार्टीको हित विपरीत काम गर्ने जो कोहिलाई पनि कारबाही गर्ने बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादी बारा जिल्ला कमिटीको बैठकलाई कलैयामा बुधबार सम्बोधन गर्दै ईन्चाज साहले पार्टीको नीति, सिद्धान्त र बिचार विपरीत क्रियाकलापमा लाग्नेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिनुभयो । कम्युनिष्ट पार्टी जनवादी केन्द्रीयतामा चल्ने पार्टी भएकोले बहुमतको निर्णयलाई स्वीकार गर्ने तथा अल्पमतको निर्णयलाई अस्वीकार गर्ने नितिलाई राम्रोसंग पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीभित्र गुटबन्दी गर्ने र अन्तरविरोधलाई चर्काउने कार्यकर्ता कम्युनिष्ट पार्टीको सदस्य हुन नसक्ने उहाँको भनाइ थियो ।

एक अर्को प्रशङ्गमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जाली, फटहा र तानाशाही बिचारधारा भएका कारण पार्टी विभाजन भएको स्मरण गर्दै त्यस्ता नेताले देश र जनताको हितमा काम गर्न नसक्ने उहाँको भनाइ थियो ।

बारा जिल्लाका सबै स्थानीय तहमा खटिएका नेताहरुलाई आफ्नो जिम्मेवारी बहन गर्न र स्थानीय चुनावको गतिविधिको प्रतिबेदन जिल्ला कमिटीलाई जानकारी गराउन निर्देशन पनि दिनुभयो ।

नेकपा एकीकृत समाजवादी पार्टीका बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्माको अध्यक्षतामा भएको बैठकमा तत्कालीन बडकिफुलवरिया गाविसका युवा नेता विकाश सिह नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई मधेश प्रदेश ईन्चार्जसाहले टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको पार्टी प्रचार विभाग प्रमुख रमेश सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीको चैत्र १३ गते बसेको सचिवालय बैठकले गरेका सबै निर्णय सबै अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रचार विभाग प्रमुख सुवेदीकाअनुसार युवा संघ नेपाल बारा अध्यक्ष राम यादव, जिल्ला सद्स्य राजेश पटेल, गंगा पटेल, लालबाबु कुशवाहा, सिम्रौनगढ निवासी गगनदेव कुशवाहालाई पार्टीबाट निष्काशन गर्ने निर्णय बैठकबाट अनुमोदन भएको हो । बैठकमा पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सद्स्य श्रीप्रसाद पासवान, बिभा कार्की, चमिना भट्टराई, हिमाल खरेल, डा बंसिधर मिश्र लगायत नेताहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here