नरेश गुप्ता

बरियारपुर,करिब २ सय किलो गाँजा सहित बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट २ जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको बिहार घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन् । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको प्रतिबन्धित लागूऔषध सहित फेला पारेर पक्राउ गरेको हो ।

Leave a Reply