निजगढ,अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको परिवारलाई प्रतिपरिवार ८ लाख रुपैयाँ दिनेभएको छ ।

एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै मृतक खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष संचालन गर्ने निर्णय गरेको हो ।
उक्त कोषमा सहयोग गर्न अन्यलाई अपिल गर्ने तथा फिफा र एएफसीमा थप राहतको लागि अपिल गर्ने पनि एन्फाले जनाएको छ ।
मकावनपुर जिल्ला इन्द्रसरोवर गाँउपालिका– ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योन्जनको आसोज ११ गते पहिरोमा परि मृत्यु भएको थियो ।
भर्चुअल रुपमा बसेको बैठकले घटनाको अध्ययन समिति पनि गठन गरेको छ । तीन सदस्यीय समितिमा एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा एन्फा सहायक महासचिव दामोदर भट्टराई (बद्री) र एन्फा केन्द्रिय सदस्य टिका राम लामा रहेका छन् ।तर एन्फा बैठकको लगत्तै गतै एन्फा वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले समिति गठनप्रति असहमति जनाउनुभएको छ ।

‘एन्फा र व्यवस्थापन समितिको लापरबाहीको कारणले घटना घटेको भनि प्रश्न उठिरहेको, छानबिन गर्नु पर्ने व्यक्ति नै समितिमा रहेको र सो घटना सम्बन्धि छानबिन गर्न संसदीय समिति समेत गठन भईसकेको अवस्थामा यो समितिको औचित्य नहुने हुँदा यो निर्णयमा सहमति छैन,’ खड्काले एन्फा अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ ।पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले समेत यस घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नै निर्णय गरेको‌ थियो ।

Leave a Reply