सिमरा,बाराको पथलैयामा शुक्रवार राती बसले मोटरसाइकललाई ठक्कर दिँदा जीतपुरसमिरा उपमहानगरपालिका वडा नम्बर १६ का पूर्ववडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसमिरा वडा नम्बर १६ टाँगयिाबस्तीका अम्बरबहादुर घिसिङ रहेका छन् ।घिसिङ २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेको नगर कमटी सदस्यसमेत हुन् ।
पथलैयाबाट टाँगियाबस्तीतर्फ जाने क्रममा घिसिङ सवार बा ५९ प ४२१० नम्बरको मोटरसाइकललाई दुई नम्बर पुलमा बसले ठक्कर दिएको । घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा टाँगयिाबस्तीकै मनोहर सुस्लिङ मगर घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बस १६ का वडा अध्यक्ष हरिदेव खरेलले जानकारी दिनुभयो ।वडा अध्यक्ष खरेलले दुर्घटनाबाट टाँगियाबस्तिले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । घिसिङ टाँगियाबस्तीमा अगुवा समाजसेवीका रुपमा समेत सक्रिय थिए । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















