राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकाको सहयोगमा बाल विकास सहजकर्ताहरुको लागि ५ दिने तालिम आजबाट सुरु भएको छ ।धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरियामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सभा हलमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन कार्यक्रम वड़ा अध्यक्ष राजकिशोर प्रसाद कुर्मी, शिक्षा शाखा प्रमुख, जितेन्द्रप्रसाद चौहान, शिक्षक आरिफ मिया, बिनयकुमार कुर्मी, कपिलदेव यादव, प्रशिक्षक श्याम घिमिरे लगायतको सहभागीता रहेको थियो ।बाल विकास सहजकर्ता सम्बन्धि तालिममा १८ जना महिला शिक्षकहरुको सहभागिता रहेको छ ।

Leave a Reply