राजन कुमार बानिया
पोखरिया,पर्सा क्षेत्र नम्बर– ४ मा नेकपा एमालेका उम्मेदवार जालिम मियाको बढ्दो जनसमर्थनले चुनावी माहोल तातेको छ ।घरदैलो अभियान, टोल–टोलमा भेटघाट तथा स्थानीय सरोकारका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेसँगै मियाप्रति मतदाताको आकर्षण बढ्दो देखिएको छ ।

पछिल्लो केही दिनयता क्षेत्रको विभिन्न वडामा आयोजित कार्यक्रममा उल्लेख्य उपस्थिति देखिएपछि विपक्षी दलहरू दबाबमा परेको बताइन्छ ।उम्मेदवार मियाले आफू विकास, रोजगारी र आधारभूत सेवाको सुधारलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताउँदै आउनुभएको छ । “हामी नकारात्मक प्रचार होइन, कामको एजेन्डा लिएर जनतामाझ गएका छौं,” उहाँले एक कार्यक्रममा भन्नुभयो । स्थानीय बासिन्दाहरूका अनुसार मियाले विगतदेखि नै सामाजिक काममा सक्रिय भूमिका खेलेका कारण उहाँप्रति विश्वास बढेको हो ।

युवाहरूको सहभागिता उल्लेख्य देखिनु उहाँको अभियानको अर्को विशेषता बनेको छ ।यता, मियाको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालमा विभिन्न आरोप–प्रत्यारोप सुरु भएको छ । एमालेका कार्यकर्ताहरूले विपक्षीहरूले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउनुभएको छ ।उनीहरूले बदनाम गराउने उद्देश्यले अनेक हत्कण्डा अपनाइएको दाबी गर्नुभएको छ । चुनाव नजिकिँदै जाँदा यस्ता गतिविधि बढ्नु अस्वाभाविक भने होइन ।तर अन्ततः मतदाताले उम्मेदवारको विगत, काम गर्ने शैली र भविष्यको योजना हेरेर निर्णय गर्ने बताइन्छ ।पर्सा– ४ मा यसपटक प्रतिस्पर्धा कडा हुने संकेत देखिए पनि जालिम मियाको अभियानले चुनावी समीकरण बदल्न सक्ने चर्चा चुलिएको छ ।

Leave a Reply