निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सहकारी संस्थाहरुले नियमनकारी निकायको आदेश पालन गर्नुपर्ने बताउनुभएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको २४औं साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख पुरीले शनिवार सो कुरा बताउनुभएको हो । नगर प्रमुख पुरीले सहकारी, लघुवित्त र बैंकबीच भिन्नता रहको बताउदै सबैले नियमनकारी निकायको आदेश र अधिकारलाई अनिवार्य रुपमा पालन गरी व्यवहारमा लागु गर्नुपर्ने बताउनुभएको हो ।

सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा भएको सो साधारण सभामा सांसद अच्युत मैनाली, नेफ्स्कुन केन्द्रीय सदस्य शोभा राउत, निजगढ नगरपालिकाका योजना तथा सहकारी अधिकृत अजय उप्रेती, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुर्दशनप्रसाद कोइराला, गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ, गौरीशंकर मावि निजगढ ८ व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यापक बद्रीनारायण झा, गौरीशंकर मावि निजगढ ६ का प्रधानाध्यापक यादवकुमार तिमल्सिना, सार्वजनिक मावि बागदेव व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, विद्यासागर बोडिङ्ग स्कुलका प्रिन्सिपल अभिषेक मिश्र, निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धनश्याम तिमल्सिना, केन्द्रिय दुग्द्य उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोइराला र समुन्नत महिला बहुउद्देश्यीय सहकारीकी सचिव उषा लामा र सरल बहुउद्देश्यीय सहकारीका अध्यक्ष गोरखबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाले संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र लेखा समितिकोतर्फबाट संयोजक रुद्रप्रसाद धितालले पेश गरेको लेखा प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।त्यस्तै संस्थाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका गौरीशंकर मावि निजगढ ८ की छात्रा प्रान्जलकुमारी कुँवर र छात्र अवसर आचार्यलाई सम्मान स्वरुप दुई हजार नगद रकमले पुरस्कृत गरिएको थियो ।त्यस्तै उत्कृष्ट बाल बचत समिक्षा दाहाल, शेयर कारोबार सदस्य खोजराज अर्याल, उत्कृष्ट ऋणी सदस्य शुभद्रा योञ्जन, उत्कृष्ट बचत कारोबार सदस्य हेमलाल गौतम र कर्मचारी सम्मानमा भवानी पोखरेल तथा २४ जना जेष्ठ नागरिकहरुलाई साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।

संस्थाले हरेक वर्ष झै यस वर्ष श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय निजगढ ४, का जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति रुवरुप ४५ हजार बराबरको २ सय २ थान पोशाक (भेस्ट) सहयोग गरेको छ । संस्थाले खडा गरेको सगरमाथा अक्षय कोषको रकमबाट विद्यार्थीहरुलाई सो भेस्ट सहयोग गरिएको हो । संस्थाले भाग्योदय चिठ्ठामार्फत शेयर सदस्यहरुलाई उपहार स्वरुप सामग्री पनि प्रदान गरेको थियो ।संस्थाकी उपाध्यक्ष हरिमैया उपाध्यायले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको संचालन संस्थाका सचिव बोधनाथ चौलागाईले गर्नुभएको थियो ।संस्थाले १ हजार ४ सय ९० सदस्यको बीचमा कारोबार गरेर ३९ लाख १२ हजार खुद नाफा कमाएको छ । संस्थाले १० करोड ५० लाख २५ हजार कुल कारोबार गरेको छ ।

Leave a Reply