कलैया,राजदेवी सांगीतिक समूहले कलैयाले आफ्नो २१औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ महिलासहित ७१ जनाले रगत दान गरेका छन ।रक्तदान कार्यक्रममा मनिषा चौधरी, नितु यादव, सुधा सिंह, पवित्राकुमारी, जुली श्रीवास्तव, प्रभा देवी कनुइन, सुनिता देवी, सहनाज खातुन, रितुकुमारी, संगीता पटेल, रामबाबु महतो, निरजकुमार नेपाली, आयुष शर्मा, रामराज पौडेल, कर्दम श्रेष्ठ, धर्मेन्द्र चौधरी, सन्जय पटेल लगायतले रगत दान गरेका थिए ।
राजदेवी सांगीतिक समूह कलैयाका अध्यक्ष नीरज नेपालीको अध्यक्षतामा सम्पन्न भएको सो रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बारा सभापती राजेशराय यादव प्रमुख अतिथि हुनुहुन्थ्यो ।कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (ख) का सभापती लोकेश सिंह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र पटेल, कलैया– १ का वडा अध्यक्ष मोहन क्षेत्री, महालक्ष्मी विकास बैंक कलैया शाखाका कर्जा प्रमुख विपिन चौधरी र अरुण यादवलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम महालक्ष्मी विकास बैंकको प्रायोजनमा सम्पन्न भएको हो ।


















