सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को नवनिर्मित वडा कार्यालय भवनको आइतवार उद्घाटन गरिएको छ । नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले भवनको उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै साहले नवनिर्मित भवनबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा थप सहज हुनेमा आशावादी रहेको बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले बाराका उपसचिव अमृत बजगाई, कलैया उपमहानगरपालिका वडा नं. २७ का वडाध्यक्ष अशोक तिवारी, स्थानीय बरुण गौतम, झपेन्द्र बराल, राजु अधिकारी, भरत भण्डारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि र वडाबासीको उपस्थिति रहेको थियो । भवन उद्घाटन कार्यक्रम वडा नं. १४ की वडा अध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Leave a Reply